समाज

काठमाडौंको नयाँ बसपार्कको होटलमा युवकको शव भेटियाे

काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरमा रहेकाे गोदावरी सन्तोषी गेष्टहाउसमा एकजना युवकको शव फेला परेको छ। 

शनिबार राति ९ बजेर ३० मिनेटमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए। 'हिजो राती ९ बजेर ३० मिनेटमा होटलमा शव भेटिएको खबर हामीलाई आएपछि राती नै गएका हौं, उनले नागरिकन्यूजलाई भने, मृतकको नागरिकताको आधारमा परिचय खुलेको छ।'

मृतकको उमेर करिब ३० वर्षको हाराहारीमा रहेको उनले बताए।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। घटनाको अनुसन्धान गर्नका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको पनि डीएसपी खड्काले बताए।

प्रकाशित: २९ चैत्र २०७७ ०७:४७ आइतबार

काठमाडौंको नयाँ बसपार्क युवकको शव भेटियाे