समाज

बिमा रकम हत्याउने लोभमा श्रीमतीको हत्या

रुपन्देहीमा बिमा बापतको रकमको लोभमा श्रीमानले श्रीमतीको हत्या गरेका छन । रुपन्देहीको सम्मरीमाइ गाँउपालिका ५ की  कुसुम लोधलाइ बिमाको रकम हडप्न पाइने लोभमा श्रीमान र देवर मिलेर हत्या गरेको अनुशन्धानबाट खुलेको हो । हत्यामा संलग्न कुशुमका श्रीमान शेलेश कुमार लोध र देवर राजेश कुमार लोधलाइ प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न दुवै जनालाइ अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताए ।  

तीन जना नाबालक छोराछोरीकी आमा ३२ बर्षे कुशुमलाइ उनकै श्रीमान शेलेश र देवर राजेशले गाडीले किचेर मारेका थिए । श्रीमतीको हत्या गरेपछि शैलेशले नै पिकअप गाडीले ठक्कर दिएर भागेको रिर्पोट प्रहरीलाइ दिएका थिए । मृत्तकको नाममा लिएको ऋण तीर्नु नपर्ने र बिमा बापतको लाखौं  रकम पनि लिन पाइने लोभमा हत्या गरेको प्रारम्भिक अनुशन्धानबाट खुलेको डिएसपि थापाले बताए । कुशुमको नेपाल र भारतमा गरेर दुइ ठाँउमा बिमा गरेको भन्ने जानकारी परिवारले दिएको प्रहरीले जनाएको छ ।

फागुन १५ गते दिउँसो शैलेशले कुशुमलाइ घुम्न जाने भन्दै पन्ध्र महिनाका छोरा सहित लु ६२ प १४०१ नम्बरको बाइकमा पर्सहवा लुम्बिनी तीर लगेका थिए । त्यसअघि नै शैलेश र राजेशले कुशुमलाइ आफनै गाडीले किचेर मार्ने र ठक्कर दिने गाडी भागेको भनेर खबर गर्ने योजना बनाएका थिए । योजना अनुसार पन्ध्र महिने छोरा र श्रीमती कुशुमलाइ लिएर शैलेस १५ गते दिउसो अवेर घरबाट घुम्न निस्कीए ।  

मानिसको चहलपहल कम होस भनेर साँझ छिप्पीएपछि सिपवास्थित झुलनीपुरदेखि मर्चवार जाने सुनसान सडकमा लगे । पिसाब फर्ने बहानामा उनले श्रीमतीलाइ बाइकबाट ओराले र सडकमा उभिन लगाए । दाजुभाइको सल्लाह बमोजिम भाइ राजेश भारतीय नम्बर प्लेटको अल्टो गाडी लिएर आइ सडक छेउमा उभिएकी कुशुमलाइ ठक्कर दिए । कुशुम ढलेपछि पनि राजेशले गाडी व्याक गरेर किचेको र अवस्था निकै गम्भिर भएपछि छोडेको प्रहरीलाइ बयान दिएका छन ।

दाजुभाइको योजनामा श्रीमतीलाइ गाडीले कुल्चेर गम्भिर घाइते  बनाएपछि शैलेशले लु २ च १५१७ नम्बरको गाडीमा आएका व्यक्तिले  हतियार देखाएर गरगहना लुटी कुशुमलाइ ठक्कर दिएर भागेको भन्ने रिर्पोट लेखाएका थिए । तर प्रहरी अनुशन्धानमा सो नम्बरको सवारी साधन घटना स्थलमा नभएको र सवारी परिक्षण गर्दा ठक्कर दिएको नदेखिएपछि शैलेश प्रति नै अनुशन्धान सोझीएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको तीन दिन पछि शैलेशलाइ नियन्त्रणमा लिएर अनुशन्धान थालेको थियो । पैसाको लोभमा दाजुभाइ मिलेर कुशुमको हत्या गरेको अभियुक्तले स्वीकार गरेकाले ज्यान सम्बन्धि मुद्या चलाइएको र थप अनुशन्धान भइरहेको रुपन्देहीका प्रहरी प्रमुख एसपि प्रवीण पोखरेलले बताए । 

 

प्रकाशित: २४ फाल्गुन २०७७ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App