समाज

रसुवामा त्रिशूली खोलामा खसेका २ बालकमध्ये एक जनाको उद्धार, एक जना अझै बेपत्ता

सांकेतिक तस्बिर।

रसुवामा सोमबार दिउँसो त्रिशूली खोलामा खसेका २ बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ। एक जना अझै बेपत्ता छन्। जिल्लाको उत्तरगया गाउँपालिका–५, खाल्डेमा सोमबार दिउँसो साढे ३ बजेतिर खेल्ने क्रममा साढे २ वर्षीय युकेस तामाङ र ३ वर्षीय आश्विन तामाङ त्रिशूली खोलामा झरेका थिए।  

खेलिरहेका उनीहरू खोलामा झरेको देखेपछि स्थानीय उद्धारका लागि त्यहाँ पुगेका थिए।  स्थानीयले आश्विनलाई सकुशल उद्धार गरेपनि युकेसलाई खोलाले बगाएर बेपत्ता पारेको छ। खोलाले बगाएर बेपत्ता भएका युकेसको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १७ फाल्गुन २०७७ १२:३६ सोमबार

अझै बेपत्ता