समाज

बाराका टाँगियावासीको पीडा : समस्या बुझे समाधान गरेनन्

संघीय सरकारले समस्या बुझेर पनि त्यसको समाधान नगरेको  टाँगियाबासीले गुनासो छ । विमानस्थल निर्माणको लागि मुख्य समस्याको रुपमा रहेको टाँगिय बस्ती समस्या बुझ्ने र बस्ती स्थान्तरण गर्ने भनेर पटपटक अनुगमन र निरिक्षण गरे पनि चासो नदेखाएको स्थानीयले गुनासो गरेका हुन् ।  

गाउँमा आएर टाँगियाबस्तीलाई स्थान्तरण गरेर चाँडै विमानस्थलको शिलान्यस गरिने आश्वासन मात्रै देखाएका  स्थानीयको भनाइ छ ।  तीन वर्षको अन्तरालमा तीन जना संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरु र पटक पटक अन्य पदाधिकारीहरु टाँगियाबस्तीमा आएर बस्तीको मानिसलाई अर्को ठाउँमा बसाउने वा उचित क्षतिपूर्ति दिएर विमानस्थलको निर्माण कार्य सुरु गरिने आश्वासन पाए पनि त्यसको निर्माण कार्यमा कुनै प्रगति नदेखिएको स्थानीय समिना घिसिङ्गले बताईन् ।  

माघ ७ गते मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल र वन मन्त्री प्रेमबहादुर आले सहितको टोलीले टागियावस्तीमा आएर  पहिला बस्ती स्तानान्तरण गरेर मात्रै विमानस्थल निर्माणको काम चाडै शुरु गर्ने आवश्वास समेत दिएका घिसिङ्गल बताइन्।  

त्यसै गरि २०७६ मंसिर  १ गते तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा निर्माणको कारणले स्थान्तरण हुने बस्तीहरुको निरीक्षण समेत निरिक्षण गरेको उनले बताइन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हाले पछि  मन्त्री योगेश भट्टराईले बारामा निर्माण गरिने दोस्रो अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास मंसिर भित्रमा गर्ने प्रतिबद्धता गरेका थिए।

मन्त्री भट्टराईले स्थान्तरण गरिने बस्तीहरु जीतपुरसिमरा १६ को डकाहा र वडा १७ को लामिडाँडा र टांगियाबस्तीलाई निरीक्षण गर्नुको साथै स्थान्तरण  भएको बस्तीलाई पुनः बसाउने  कोहल्वी नगरपाालिकाको ३,४, ५  र ८ मा रहेको सार्वजनिक जग्गाको निरीक्षण गरि  सरोकारवालासँग अन्तरक्रिया समेत गरेका थिए।

दोस्रो अन्तर्रािष्ट्रय विमानस्थल आयोजना कार्यावन्यन एकाई कार्यालयले टाँगिया बस्तीलाई स्थान्तरण नगरिकन विमानस्थलको निर्माण कार्य शुरु नै हुन नसिकने अवस्था रहेको र टाँगियाबस्ती स्थान्तरणको लागि गृहकार्य भैरहेको जनाएको छ।

दोस्रो अन्तर्रािष्ट्रय विमानस्थल आयोजना कार्यावन्यन एकाई कार्यालयका प्रमुख बिजय यादवले टाँगियाबस्ती स्थान्तरणमा प्रगति नदेखिए पनि अन्य कामहरुको भैरहेको दावी गरेका छन्। टागिया बस्तीले ओग्टेको ऐलानी जग्गाहरु हजार बिघा भन्दा वढी रहेको र त्यसलाई स्तान्तरण गर्न मुख्य चुनौती रहेको यादवले बताए।

टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थले ओग्टने नम्बरी जग्गा, त्यसमा रहेका घर, टहराको मुअब्जा बितरण, नदी नियन्त्रण र तारवार गर्ने लगाएतको कार्यमा अन्तिम चरणमा पुगेको यादवको भनाई छ।

विमानस्थलले ओग्टने एक सय १० बिघा नम्बरी जग्गा मध्ये ६७ बिघा जतिको मुअब्जा बितरण गरिएको र बाँकी रहेको नम्बरी जग्गाको जग्गाा धनीहरुलाई मुअब्जा बितरण गर्ने कार्य अन्तिम चरणमा रहेको यसको निर्माणमा खटेका अधिकारीहरुले जनाएका छन्।अहिले सम्म मुअब्जा बितरण, नदी नियन्त्रण र तारवार गर्ने लगाएतको कार्यमा ७८ करोड भन्दा बढी खर्च समेत गरिएको प्रमुख यादवले बताए ।

विमानस्थलको लागि अधिग्रहण गरीएको लगभग ६७ विघा  जग्गाको १४४ जना जग्गा धनीहरुलाई ४४ करोड ६३ लाख जति मुअब्जा बितरण गरिएको बताएका छन्।बाँकी रहेका नम्बरी जग्गा धनीहरुलाई पनि मुअब्जा बितरण गर्ने प्रक्रिया अगाडि बढाईएको यादवले बताए।

दोस्रो अन्तराष्ट्रिय विमानस्थलले ओग्टने ऐलानि तथा निजी जग्गालाई सुरक्षित राख्नको लागि गरिएको तारबार र तटबन्ध कार्यमा लगभग ३३ करोड ५० लाख जति खर्च गरिएको प्रमुख यादवले बताए।विमानस्थलको क्षेत्रफल ६३ किलोमिटरमा फैलिएको र यसले ११ हजार आठ सय ७५ बिघा जग्गाा ओग्टेको र ६३ किलोमिटर क्षेत्रफल मध्ये अधिकाशं क्षेत्रफलमा तारवार गरिएको र बाकी क्षेत्रफलको तारवार गर्ने कार्य अन्तिम चरणमा रहेको उनले बताए ।

निर्माण हुन लागेको दोस्रो विमानस्थलको लागि अधिग्रहण गरीने जग्गा मध्ये एक सय १० विघा मात्रै व्यक्तिहरुको नम्बरी पर्ने यकिन गरीए पनि अहिले नम्बरी जग्गाको क्षेत्रफल घटबढ हुने सम्भावना समेत रहेको आयोजनाका अधिकारीहरुले बताएका छन्।

प्रकाशित: २० माघ २०७७ ११:५६ मंगलबार