समाज

पत्रकारको निशुल्क दुर्घटना बिमा

प्रेस युनियन सुनसरीले जिल्लाका २ सय ६० जना पत्रकारहरुको निशुल्क एक बर्षे दुर्घटना बीमा गरेको छ।  मंगलबार अजोड ईन्स्योरेन्स कम्पनी सुन्धारा काठमाडौंमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा एक बर्षसम्म बिमा गरेको पत्रकारको दुर्घटनामा मृत्यु भएमा ७ लाख र दुर्घटनामा घाईते भएमा ७० हजारसम्म प्रदान गरिने उल्लेख छ।

प्रेस युनियन सुनसरीले यसअघि आईएमई जनरल ईन्स्योरेन्स कम्पनीसँग २ सय ६० जना पत्रकारकै कोरोना बिमा गराएको थियो। सोही बापत कोरोना संक्रमित भएका २२ जना पत्रकारहरुले सो रकम समेत लिईसकेका छन। बिराटनगरस्थित नोबेल अस्पतालसँगको सहकार्यमा प्रेस युनियन सुनसरीले जिल्लामा कार्यरत सबै पत्रकारहरुको उपचारमा ५० प्रतिशत छुटको सम्झौता समेत गरेको थियो। सोही सम्झौता कार्यन्वयनमै रहेको अध्यक्ष अधिकारीले बताए। कोरोनाकै कारण पत्रकारहरुलाई दैनिक जीवन यापन गर्न समेत कठिन भएको अबस्थामा ६२ जना पत्रकारहरुलाई खाद्यन्न लगायतका सामाग्री समेत प्रदान गरिएको उनको भनाई छ।

नेपाल पत्रकार महासंघले समेत पत्रकारहरुको दुर्घटना बिमा गरिरहेको भएपनि सबै पत्रकारहरुले सो सुबिधा लिन असमर्थ भएका कारण उनीहरुको सहजताका लागि आफुहरुले जिल्लामा कार्यरत पत्रकारको दुर्घटना बिमा गरिदिएको अधिकारी बताउँछन। पत्रकारहरुलाई जोखिमको क्षति न्युनीकरणका लागि आफुहरुले सम्झौता गरेको र यसरी प्रेस युनियन सुनसरी सँग सहकार्य गर्न पाउँदा अत्यान्तै खुसी लागेको ईन्स्योरेन्सका अधिकृत खत्रीले प्रतिक्रिया दिए।  

 

प्रकाशित: २८ पुस २०७७ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App