समाज

मेयर विद्यासुन्दर शाक्यले समेत कोरोनाकाे बिमा रकम पाउन नसकेकाे गुनासाे

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजिटिभ भई बिमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुन सकेको छैन।

दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बिमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बीमा गरेबापत पाउनुपर्ने रकम प्राप्त नभएको गुनासो छ।  

परीक्षणमा पोजिटिभ देखिएकामध्ये  ४०  जनाको बिमा दाबी भुक्तानी भएको छ भने अन्य ६० जनाको कागजात मिलाउने प्रक्रियामा रहेको महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए।  

महानगरपालिकाले आफ्ना  जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक गरी एक हजार ९८२ जनाको गत जेठ तेस्रो साता बिमा गराएको थियो। 

प्रकाशित: ४ पुस २०७७ ०९:३९ शनिबार

कोरोना बिमा विद्यासुन्दर शाक्य