समाज

तारकेश्वरमा कोरोना सङ्क्रमितलाई पाँच हजार रूपैयाँ दिइने

तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई  पाँच हजार रूपैयाँ दिने भएको छ। नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषण भत्तास्वरुप रकम दिइने भएको हो।  

कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए।

हाल नगरपालिकामा कोरोना सङ्क्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष  छन्। निको हुनेको सङ्ख्या एक हजार ८२९  छ। कोरोनाबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित २५० जना पुगेका छन्। 
रासस

प्रकाशित: २२ मंसिर २०७७ ०६:०५ सोमबार

कोरोना सङ्क्रमित तारकेश्वर नगरपालिका