समाज

थप १ हजार २४ जनालाई कोरोना संक्रमण, १० को मृत्यु

पछिल्लो २४ घन्टामा थप १ हजार २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार २४ घन्टामा २ हजार २०६ जना संक्रमित निको भएका छन्।  

हाल देशभर कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ रहेको छ। कोरोना मुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ रहेको छ।  

यस्तै, २४ घन्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ पुगेको छ।  

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ भने ५३६ जना क्वारेन्टिनमा छन्। 

प्रकाशित: २० मंसिर २०७७ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App