समाज

यातायात कर्मचारी मृत भेटिए

कालीकोटस्थित यातायात कर्मचारीका रुपमा काम गर्दै आएका एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्। खाडाँचक्र नगरपालिका–२, घर भइ हाल लालीघाटस्थित मध्यपश्चिम बस समितिको टिकट काउन्टरमा काम गर्ने २५ वर्षीय कृष्ण खड्का मृत अवस्थामा भेटिएका हुन्।

नरहरिनाथ गाउँपालिका¬–१ लालीघाटस्थित सडकदेखि करिब २० मिटर तल भीरमा उनको शव भेटिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २३ कार्तिक २०७७ ११:५६ आइतबार

यातायात कर्मचारी मृत भेटिए