समाज

कैलालीका दुई नगर प्रमुखमा कोरोना संक्रमण

कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ।

टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो। उनीहरु दुवै जना होम आइसोलेसनमा बसेका छन्।  

टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसहित टीकापुरमा सोमबार १७ जनामा कोरोना पुष्टि भएको छ। रासस

प्रकाशित: १७ कार्तिक २०७७ १३:१३ सोमबार

कोरोना संक्रमण