समाज

गाउँपालिका प्रहरी भर्नाको तयारीमा दिप्रुङ चुइचुम्मा गाउँपालिका

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको छ। गाउँपालिकाको शान्ति–सुरक्षा एबं दैनिक कार्य सम्पादनका क्रममा सहयोगीका रुपमा उपयोग गर्ने गरी गाउँपालिकाले अस्थायी (करार) गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको हो। ७ वटा वडा रहेको गाउँपालिकाले गाउँपालिका प्रहरी ऐन पास गरेर १ जना गाउँपालिका प्रहरी हवल्दार र ४ जना गाउँपालिका प्रहरी जवान भर्नाको तयारी थालेको छ। गाउँपालिका प्रहरी भर्नाका लागि कात्तिक १३ गते विज्ञापन गरेर दरखास्त आव्हान गरिएको गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए।  

गाउँप्रहरी हवल्दारका लागि एसइइ वा सो सरह उत्तिर्ण भएको तथा प्रहरी जवानका लागि कक्षा ८ उत्तिर्ण गरेका महिला र पुरुषले दरखास्त दिन सक्ने छन्। हवल्दार वा प्रहरी जवानका उम्मेदवार १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ। उम्मेदवारको आँखा माइनस २ वा प्लस २ भन्दा बढि कमजोर नभएको र शारीरिकरुपमा स्वस्थ हुनुपर्ने सूचनामा उल्लेख छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकाले गाउँप्रहरीसँगै चार जना अहेव (सहायक चौथो) र तीन जना अनमी (सहायक चौथो) नियुक्तीका लागि समेत दरखास्त आव्हान गरेको छ।  

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये ऐसेलुखर्क गाउँपालिकाले गत वर्ष नै ३ जना गाउँपालिका प्रहरी भर्ना गरिसकेको छ। यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी तिहारपछि नगर प्रहरी भर्नाका लागि विज्ञापन आह्वान लगायतका प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको छ।

प्रकाशित: १७ कार्तिक २०७७ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App