समाज

तीन जना महिलामाथि बलात्कार प्रयासका आरोपी पक्राउ

तीन जना महिलालाई बलात्कारको प्रयास मुद्दाका दुई जना फरार प्रतिवादी  पक्राउ परेका छन्।  तीन जना महिलालाई बलात्कारको प्रयास  गरी फरार भएका दुई जना प्रतिवादीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।    

बलात्कारको प्रयासगर्ने  चार युवा मध्ये दुई जनालाई विराटनगरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।  पक्राउ पर्नेमा  विराटनगर महानगरपालिका–८ का २० वर्षीय मोहमद सहिद मिया र २५ वर्षीय मोहमद असलम मिया छन्।  उनीहरुलाई आइतबार राति विराटनगर–८ स्थित सुकुम्बासी टोलबाट पक्राउ गरिएको हो।  पक्राउ परेकासहित चार जना मिलेर विराटनगर–८ स्थित अशोक चोकनजिक २०७६ मंसिर ५ गते तीन जना महिलालाई बलात्कारको प्रयास गरेका थिए।  राईका अनुसार उनिहरूले बजारबाट किनमेल गरेर घर फर्किंदै गरेका ३३, २७ र २२ वर्षीया महिलामाथि बलात्कारको प्रयास गरेका थिए।  

बलात्कारको प्रयास गरेर  फरार रहेकामध्ये सहिद र असलम १० महिनापछि पक्राउ परे पनि घटनामा संलग्न २२ वर्षीय मोहमद फारूक मिया र २० वर्षीय मोहमद हसरत मिया अझै फरार छन्।  पक्राउ परेकाहरू विरुद्ध जवर्जस्ती करणी उद्योग अन्तर्गत कार्वाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  

 

प्रकाशित: १२ आश्विन २०७७ ११:११ सोमबार

बलात्कार