समाज

पाँचथरमा ६ जना कोरोना संक्रमित थपिए

पाँचथर जिल्लामा थप ६ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ। पछिल्लो पिसिआर रिर्पोट अनुसार ४ जना नेपाल प्रहरी, एक जना हालै भारतबाट ल्याइएका मजदुर र एक जना प्रहरी कार्यालयमा मुद्धाका लागि आएका इलामका व्याक्ति भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमुनि सुवेदीले जानकारी दिए।

योसँगै पाँचथरमा कोरोना भाईरसको सक्रमण हुनेको संख्या २१ पुगेको छ। यि मध्ये १३ जना निको भई सकेका छन्। कोरोना सक्रमण भएका पाँच जनालाई फिदिममा रहेको आईसोलेसनमा राखिएको छ। यस्तै, इलामका संक्रमितलाई इलाममै राखिएको सुवेदीले जानकारी दिए।  

जिल्ला अस्पतालको कामका लागि ल्याईएका मजदुर मध्ये एक जनामा कोरोना रिर्पोट पोजेटिभ देखिएको छ। उनीहरु क्वारेन्टाईनमै रहेको बताईएको छ।  

केहि साता अघि सरुवा आएका प्रहरीमा कोरोना संक्रमण देखिएको थियो। यस पछि जिल्ला प्रहरी कार्यालयका प्रहरीमा संक्रमण देखिदै आएको छ। हालसम्म जिल्ला प्रहरी कार्यालयमा कार्यरत आठ जना प्रहरीलाई संक्रमण देखिएको छ।

 

प्रकाशित: २२ भाद्र २०७७ ०५:४० सोमबार

कोरोना संक्रमित