समाज

सप्तरीमा कोरोना संक्रमित एक महिलाको निधन

कोरोना संक्रमणबाट राजविराज नगरपालिका –२ कि ६० वर्षीया महिलाको मृत्यु भएको छ  ज्वरो, श्वासप्रश्वासमा समस्या भएर शुक्रबार उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना भएकी महिलाको गएराति मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या बल्झिदै गएपछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर लैजान लाग्दा मृत्यु भएको  भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित प्रमुख डा. रन्जित झाले बताए।

सात दिनदेखि ज्वरोले थपिलएपछि उनी उपचारका लागि गजेन्द्रनारायाण सिंह अस्पतालमा आएकि थिइन। अस्पतालले फिभर वार्डमा भर्ना गरेर उनको उपचार सुरु गरेको डा. झाले बताए। यसअघि उनी राजविराजस्थित निजी क्लिनकमा उपचार गराउँदै आएकी थिइन्।  

शनिबार बिहानसम्म अवस्था नियन्त्रणमै थियो डा. झाले नागरिकसँग भने,‘दिउँसोबाट अचानक सिकिस्त हुन थालेपछि राती रेफर गर्याै। उनको बाईल्याटरल निमोनीया(दुबै फोक्सोमा निमोनिया) संक्रमण देखिएको थियो, डा. झाले भने,‘कोशी अस्पताल जाँदै गर्दा बाटो मृत्यु भयो।’ शनिबार नै उनको  पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो। शनिबार राती नै नेपाली सेनाले व्यवस्थापन गरेको छ। यससँगै सप्तरीमा कोरोनाबाट ६ जना मृतकको पहिचान भएको छ।

 

 

प्रकाशित: १४ भाद्र २०७७ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App