समाज

जुम्लामा रहेका डा.केसी भन्छन् : मलाई जनताको सेवा गर्न पनि रोकियो

सेवा गर्न नपाएपछि खलंगा फर्किए

जुम्लाको गुठिचौर गाउँपालिकामा विशेषज्ञ स्वास्थ्य सेवा दिन गएका डा. गोविन्द केसी सेवा नदिइ सदरमुकाम खलंगा फर्किएका छन्। एक साता सत्याग्रह स्थगित गरेका डा. केसी बीचको खाली समयमा स्वास्थ्य सेवा दिनको लागि गुठिचौर गाउँपालिकामा पुगेका थिए। तर उनलाई स्वास्थ्यचौकीमा सेवा नदिनु भन्ने आदेश आएको भन्दै फर्काइयो।

म यो बीचको समयमा गुठिचौरका जनतालाई स्वास्थ्य सेवा दिन गएको हुँ। तर जनताले चुनेका जनप्रतिनिधि र जनताको करबाट बाँचेका कर्मचारीहरुले काम गर्न दिएनन्, डा. केसीले भने,‘सेवा नदिइकन फर्किएँ। ’

भदौ ११ गते स्थानीय प्रशासनको विशेष आग्रहमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.केसीले सत्याग्रह १७ गते सम्मका लागि स्थगित गरेका थिए।  एक साताको अल्टिमेटम दिएर गाउँतिर सेवा गर्न हिडेका डा. केसीले सेवा दिन पाएनन्। उल्टै सेवा गर्न नदिनु भन्ने आदेश आएको भन्दै फकाईयो।

गाउँमा विशेषज्ञ सेवा दिन र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा दिने बारेमा सिकाउन गएको थिए। डा. केसीले भने,‘ म नपुग्दै डा. केसी आउँदैछ। सेवा गर्न नदिनु भनेर प्रमुख प्रशासकीय अधिकृतले स्वास्थ्यचौकी इन्चार्जलाई भनिसकेका रहेछन्। मैले केका आधारमा सेवा गर्न नपाउने यो कारण दिन सकेनन्।  

पहिले स्वास्थ्यचौकी जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा हुन्थ्यो। स्वास्थ्य कार्यालय क्षेत्रिय शिक्षा निर्देशनालय र निर्देशनालय स्वास्थ्य विभागको माताहतमा हुन्थ्यो। कर्मचारीहरु स्वतन्त्र पूर्वक काम गर्न पाउँथे। अहिले स्वास्थ्य सेवा नेता कार्यकर्ताको घेराबन्दीमा छ। स्वास्थ्य सेवालाई उनीहरु आफ्नो पेवा ठान्छन्, डा. केसी भन्छन्,‘ म सेवा दिन आएको हुँ। मैले विशेषज्ञ सेवा दिन्थ्ये। मैले दिन स्वास्थ्य सेवाबाट जनतालाई बञ्चित गराइयो। यो सरासर आधारभुत स्वास्थ्य सेवा पाउने अधिकारको हनन भएको छ। ’

अहिले स्वास्थ्य क्षेत्र कोरोना र लकडाउनका कारण निकै प्रभावित छ। कोरोनाबाट देशभर ३५ हजार संक्रमित छन्। एक सय ८३ जनाको मृत्यु भएका छन्। त्यो संक्रमित संख्याको आधारमा मर्नेको संख्या एक प्रतिशत पनि पुग्दैन्। तर निमोनिया र झाडापखालाबाट बर्सेनि ३० ÷३५ प्रतिशत मान्छे मर्छन्। कोराना संगसंगै गाउँमा विशेषज्ञ सेवाको जरुरत पनि छ। डा. केसीले प्रधानमन्त्री ओली सरकारले आफ्नो विरोध गर्नेको आवाज बन्द गर्न लकडाउन गरिरहेको आरोप लगाए।  उनले भने,‘गाउँमा पुगेर विशेषज्ञ सेवा दिन पाइदैन्। स्वतन्त्रपूर्वक आफ्नो माग राख्न पाइदैन्। यो पनि जनताको सरकार हुन्छ। यो त सारासर तानाशाही सरकार हो।’

१७ गते सम्मको लागि अल्टिमेटम छ। १८ गतेबाट अनशन बस्छौँ। त्यो दिन देखि मेरो सत्याग्रह कसैले रोक्न सक्ने छैन।  भदौ ११ गते देखि शुरु गर्ने भनिएको सत्याग्रह स्थानीय प्रशासनको विशेष आग्रहमा एक साता सारेको उनले बताए। सिडिओ र डिएसपी साप आउनु भयो, कोरोना कहरका बीचमा सत्याग्रह नबस्न विशेष आग्रह गर्नु भयो। त्यो आग्रहका आधारमा एक साता सत्याग्रह सर्यो, डा. केसीले भने।   डा. केसीले कोडिभ हाउगुजी हो। त्यो भन्दा डरलाग्दा रोगले मान्छे मरिरहेका छन्। जनताको सेवक हुनुस। एक हप्ता सम्म अनशन सार्छु भने।  भदौ १८ गतेदेखि बस्ने भनिएको सत्याग्रहमा कुनै अवरोध सिर्जना भए स्थानीय प्रशासनको विरुद्धमा अनशन बस्ने चेतावनी दिए।  भदौ ११ गते डा. केसी बसेको होटल रोयल गार्डेनमा शसस्त्र र जनपद प्रहरी परिचालन गरिएको थियो।  डा. केसी होटल बाहिर निस्कन खोज्दा पनि निस्कन दिइएको थिएन।   पोशाकमा नामै नभएका प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको डा. केसी बताउँछन्।    

होटलको गेटमा खटिएका प्रहरीलाई आफूलाई बाहिर निस्कन नपाइने गरि दिइएको लिखित आदेश मागेका थिए। उल्टै प्रहरीले धम्क्याउने र होच्याउने काम गरे।

प्रकाशित: १३ भाद्र २०७७ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App