समाज

गोरखाकी कोरोना संक्रमित महिलाले दुई छोरा जन्माईन, अवस्था सामान्य

गोरखा नगरपालिका १० छेवेटारकी कोरोना संक्रमित ३७ वर्षीया महिलाले जुम्ल्याहा छोरा जन्माएकि छिन् । चितवनस्थित भरतपुर अस्पतालमा उपचार गराउन गएकी महिलामा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘उहाँको शल्यक्रियाको समय भदौ १२ गते थियो, हामीले शुक्रबार सफल शल्यक्रिया गर्यौ’ अस्पतालका सिनियर कन्सल्टेन्ट डाक्टर रामप्रसाद सापकोटाले भने, ‘अहिले बच्चा र आमाको अवस्था समान्य छ ।’ नवजात शिशु र आमा तीनै जनाको पिसिआर जाँच गर्ने र रिपोर्टका आधारमा मात्रै आमासंग भेट गराउने चिकित्सकले बताएका छन्। महिलामा कोभिड १९ को लक्षण खासै नदेखिएकाले छिट्टै ठिक हुने शल्यक्रियामा संलग्न चिकित्सकले बताएका छन् ।  

भरतपुर अस्पतालले कोभिड १९ संक्रमित गर्भवतीको शल्यक्रिया वा सुत्केरी गराउन छुट्टै चिकित्सक टिम खटाउने गरेको छ । ‘एक हप्ता सम्म एउटा टिमले संक्रमितको मात्रै प्रशुती गराउँछ,’ प्रशुती रोग विशेषज्ञ सापकोटाले भने, ‘एक हप्ता पछि उनीहरु क्वारेन्टिन बस्छन्, नयाँ टिम आउँछ ।’ क्वारेन्टिन बसेकाहरूको पिसिआर जाँच गरेर अवस्था समान्य भएपछि काममा फर्कने गरी तालिका बनाइएको उनले बताए ।

प्रकाशित: १२ भाद्र २०७७ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App