जिल्लामा आन्तरिक रुपमा चल्दै आएका सवारी साधन सात दिनका लागि सञ्चालनमा रोक लगाइएको छ। कोरोना भाईसरको संक्रमण बढ्दै गएसँगै गाडी सञ्चलनमा रोक लगाइएको हो। अत्यावश्क सेवाका बाहेक मोटरसाइकलसहित सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लागएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले जानकारी दिए।
यस्तै सोहि अवधिका लागि फिदिम नगरपालिकाले नगरपालीका क्षेत्रमा अत्यावश्क बाहेकका सबै सेवा बन्द गराएको छ। अत्यावश्क काम बाहेक हिडडुल नगर्न, भेला नहुन तथा अत्यावश्क सेवा बोहकका सबै सेवा बन्द गर्न नगरपालिकाले आव्हान गरेको छ। सदरमुकाम फिदिम बजारसहित नगरपालिका क्षेत्रका व्यापार, व्यवसाय बन्द भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरमा चार जना प्रहरीमा कोरोना भाईरस देखिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको थियो।
सरुवा भएका प्रहरीमा कोरोना देखिएपछि परीक्षण गर्दा थप तीन जनामा कोरोना भाईरसको सक्रमण देखिएको छ। हाल पाँचथरका चार प्रहरीसहित सात जनामा कोरोना भाईरसको सक्रमण देखिएको छ। सात जना मध्ये चार जना प्रहरी, एक जना मोरङबाट आएका मजदुर र दुई जना विदेशबाट आएर क्वारेन्टाईनमा बसेका हुन। यस अघि पाँच जना निको भएका छन्।
जिल्ला स्थित कोभिड १९ जोखिम व्यवस्थापन सेन्टरले एक साता गाडी बन्द गर्ने निर्णय गरेको थियो। विहानैदेखि सदरमुकाम फिदिम लगायतका क्षेत्र बन्द भएको छ। यस्तै मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग लगायतमा सावरी साधान चलेका छैनन्।
प्रकाशित: १२ भाद्र २०७७ ०५:३६ शुक्रबार