समाज

अझै रोकिएन भक्तपुरमा कोरोना भयावह

जिल्लाभरिमा चार सय नजिक, तीन जनाको मृत्यु

बिहीबार जिल्लाभरमा अहिलेसम्मकै दोश्रो वढी कोरोना संक्रमित पुष्टि भएपछि भक्तपुरमा बढेको कोरोना भयावह अझै हटन सकेको छैन । बिहीबार जिल्लामै अहिलेसम्मकै दोश्रो सबैभन्दा वढी ४१ जनामा कोरोना पुष्टि भएको स्वास्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइयो । जिल्लामा यसअघि सबैभन्दा वढी एकैदिन ५० जनासम्म संक्रमित पुष्टि भएको थियो ।

जिल्लाभरिमा अहिलेसम्म संक्रमितहरूको संख्या बिहीबार सम्म तीन सय ७५ पुगेको छ । बिहीबार ४१, यसअघि बुधबार बाईस र मंगलबारसम्म तीन सय बाह गरी जिल्लामा अहिलेसम्म तीन सय ७५ जनामा कोरोना पुष्टि भएको हो । जिल्लामा अहिलेसम्म तीन जनाको मृत्य भएको छ ।  

जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले दिएको तथ्यांक अनुसार विहीबार सवैभन्दा वढी मध्यपुर थिमिका तेईस जनामा कोरोना पुष्टि भएको छ । यसका साथै भक्तपुर नगरपालिकाका नौ जना र सुर्यविनायक नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । बिहीबार पुष्टि भएकामध्ये दुई जनाको रिटेष्टबाट कोरोना देखिएको जनाइएको छ । साथै अन्य ६ जना भक्तपुर घर भई भक्तपुर बाहिर बस्नेहरू रहेको जनस्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत निस्था बल्लले जनाइन ।  

जिल्लामा अहिलेसम्म जिल्लाका चार वटा नगरपालिकाहरूमध्ये सवैभन्दा वढी मध्यपुर थिमि, त्यसपछि क्रमशः सुर्यविनायक, भक्तपुर र चाँंगुनारायण नगरपालिकामा वढी कोरोना संक्रमित भेटिएका छन ।

संक्रमितहरूको पाटन अस्पताल, टेकु अस्पताल, सोल्टी होटल, सशत्र प्रहरी अस्पताल बलम्बू, शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं मेडिकल कलेज र भक्तपुरकै खरिपाटीमा राखिएका छन् ।

जिल्लामा पहिलोपल्ट मध्यपुर थिमिमा एक जना र चाँगुमा एक जनामा कोरोना पुष्टि भएको थियो, जसमा थिमिमा डेरामा बस्ने थिए भने चाँगुमा आफ्नै घर भएका स्थानीय थिए ।

प्रकाशित: ११ भाद्र २०७७ १५:४८ बिहीबार

कोरोना संक्रमित