समाज

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना भाईरस संक्रमणले पोखरामा एक महिलाको उपचारको क्रममा विहीबार बिहान मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी पोखरा महानगरपालिका–११ की ३२ वर्षिय महिलाको विहीबार बिहान ८ बजे मृत्यु भएको अस्पतालले बताएको छ।  

अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार कोरोना उपचार केन्द्रको आईसीयूमा भदौ ७ गते भर्ना भएकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको हो। यो संगै अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या पाँच पुगेको छ। गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणले नौ जनाको मृत्यु भएको छ।

प्रकाशित: ११ भाद्र २०७७ ०४:५८ बिहीबार

कोरोना संक्रमित