समाज

गोंगबु बसपार्कनजिकै चक्कुले हानेर युवकको हत्या

काठमाडौंको टोखा नगरपालिका–९, मा चक्कुले हानेर एक युवकको हत्या भएको छ । गोङ्गबु बसपार्कनजिकै दीपज्योतिमा शुक्रबार राति चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो ।  

महानगरीय प्रहरी परिसर (काठमाडौं) का प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई शनिबार बिहान माछापोखरीस्थित नागार्जुन गेस्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएको जानकारी दिए ।  

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति विवाद भएपछि झडप हुँदा चक्कु प्रहारबाट तामाङको मृत्यु भएको हो । तामाङको शव अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ । हत्याबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।  

प्रकाशित: ३१ श्रावण २०७७ ०८:३६ शनिबार

हत्या