समाज

सुनसरीमा एक युवकको शव फेला

सुनसरीको भोक्राहा–नरसिंहमा शनिबार (आज) एक युवाको शव भेटिएको छ। ती युवाको शव बोरामा हालेर खोलामा फ्याकिएको अवस्थामा भेटिएको हो। उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ। भोक्राहा–नरसिंह वडा नं. ७ का २१ वर्षे गुणनन्द यादवको शव सुनसरी खोलामा आज दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

‘घटनाको प्रकृति हेर्दा हिजो या अस्ति हत्या गरेको हुनुपर्छ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी बिनोद शर्माले भने, ‘हत्या गरेर बोरामा ढुंगासहित शव प्याक गरेर फ्याकिएको अवस्थामा फेला परेको हो ।’ उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरि सकेको डिएसपी शर्माले बताए ।

प्रकाशित: ३१ श्रावण २०७७ ०७:५५ शनिबार

शव