समाज

उपचार नपाएको भन्दै वीरगन्जमा प्रदर्शन

नारायणी अस्पताल अगाडि आइतबार भएको प्रदर्शन। तस्बिर सौजन्य : बिएन नेपाल

कोरोना बाहेकका समान्य बिरामीलाई अस्पतालहरुले उपचारको लागि भर्ना नगरेपछि मानिसहरुको ज्यान गएको भन्दै वीरगन्जमा प्रदर्शन भएको छ। निषेधाज्ञालाई तोडेर सयौं सर्वसधारणले बिहान ११ बजेदेखि प्रदर्शन गरेका हुन्।  

पर्साका प्रमुख जिल्ला अधिकारी र नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिरुद्ध उनीहरुले चर्का नाराबाजी गरेको छन्। संकट समाधानमा प्रमुख जिल्ल अधिकारीको भूमिका प्रति मानिसहरुमा भारी असन्तोष छ। त्यसतै मेडिकल सुपरिटेन्डेन्टले लापारवाही गरेको प्रदर्शनकारीको आरोप छ।  

अस्पतालहरुले यहाँ बिरामीलाई गेटभित्र पस्नै नदिएर फर्काइदिने प्रवृतिका कारण बिरामी र उनीहरुका परिवारजनले समस्या भोगेका दर्जनौं घटना भएका छन्। पैसा हुनेहरु हेलिक्पटर चार्टर गरेर काठमाडौं उडे, भाग्य बलियो हुने संयोगले जोगिन सके भने यसै बीचमा अस्पतालले उपचार गर्न नमानेका कारण केहीले ज्यान नै गुमाए। उपचार अभावमै ज्यान गुमाउने घट्ना दोह्रिएको बिरुद्धमा वीगन्जमा स्थानीय सडकमा उत्रिएका हुन्। सरकारी अस्पताल नारायणीले समेत बिरामी फर्काउन थालेपछि यहाँ मानिसहरुको उपचार अभावमा मृत्युको घटना बढेको हो। भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरेर आक्रोशिष जनतालाई नियन्त्रणको प्रयास पनि भइरहेको छ ।  

 

प्रकाशित: २५ श्रावण २०७७ ०६:०६ आइतबार

प्रदर्शन