समाज

रातको समय काठमाडौं उपत्यका प्रवेश गर्न नपाइने

अब रातको समयमा काठमाडौं प्रवेश गर्न नपाइने भएको छ। रातको समयमा लुकिछिपि राजधानी प्रवेश गर्नेको संख्या बढेपछि गृहमन्त्रालयले यस्तो निर्णय गरेको हो। बेलुका ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाइएको हो।  

यो निर्णय १५ साउनबाट नै लागु हुने छ। उपत्यका प्रवेश गर्ने नाकामा स्वाब संकलन गरेर परीक्षण समेत गर्न थालिएको छ।  

देशका विभिन्न स्थानबाट काठमाडौं आउने यात्रुहरुको काठमाडौं उपत्याका प्रवेश नाकामा कोभिड-१९ सम्बन्धी चेकजाँच गर्दा ठूलो संख्यामा यात्रुहरुमा कोभिड -१९ पोजेटिभ पाइएकोले यस्तो व्यस्था गरिएको गृहले जनाएको छ।

काठमाडौं उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामका बाहेक अन्तर जल्ला सवारी आवागमन पास जारी नगर्न र विना पास अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्दा गराउन जिल्ला प्रशासन र सुरक्षा निकायलाई गृहले निर्देशन दिएको छ।

 

 

प्रकाशित: १५ श्रावण २०७७ १५:५४ बिहीबार

कोरोनाभाइरस काठमाडौं