समाज

कालीकोटमा पहिरोमा परि दुईजनाको मृत्यु

बिहीबार बिहान पहिरोमा परि कालीकोटमा दुईजनाको मृत्यु भएको छ । सान्नी त्रिवेणी गाउँपालिका–६, बुढागाउँका ६० वर्षीय पर्शुराम सन्ज्याल र उनकी बुहारी २९ वर्षीया ताराको मृत्यु भएको हो ।

पर्शुराम पानी लिन गएका थिए भने तारा नजिकैको जंगलमा स्याउला लिन जाँदा माथिबाट पहिरोले बगाएको थियो ।

प्रकाशित: १५ श्रावण २०७७ १०:०३ बिहीबार

मृत्यु