समाज

पहिरोले एकै परिवारका ३ को ज्यान गयो

प्रतिकात्मक तस्बीर

अविरल वर्षापछि आएको पहिरोमा परी कास्कीको माछापुच्छ«ेमा एकै परिवारका ३ जनाको ज्यान गएको छ। गएराति आएको पहिरोले माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ खोराको मुखस्थित प्रेमराज विकको घरको एउटा कोठा पुरिदा उनका नाती र १ नातिनीको ज्यान गएको हो।

घरमाथिबाट आएको पहिरोले घरको एउटा कोठा पुरिदा विकका जेठो छोरापट्टीको नातिनी १६ वर्षिया रोजिना विक, माइला छोरापट्टीको नाति १८ वर्षिय कुशल विक र कान्छा छोरापट्टीको नाति समीर विकको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ।

स्कुल विदा भएकाले हजुरबुबाको घरमा बस्न गएको बेला पहिरोले उनीहरुको ज्यान गएको प्रहरीको भनाई छ। हेमजा घर भएका कुशल र लामाचौर घर भएकी रोजिना हजुरबुबाको घरमा गएका बेला एउटै कोठामा सुतेको बेला पहिरोले पुरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक सुवास हमालले जानकारी दिए। उनले मृत्यु भएकाहरुको शव निकालिसकेको बताए।

पहिरो आएका बेला विक दम्पती भने अर्कै कोठामा भएकाले उनीहरु भने सकुशल रहेका छन्। घरका अन्य कोठामा क्षति पुगे पनि विक दम्पतीलाई भने चोटपटकसमेत नलागेको प्रहरीले जनाएको छ। विककी कान्छी बुहारी र सानो नाति भने माइत गएकाले थप क्षति हुनबाट जोगिएको प्रहरीको भनाई छ।

प्रकाशित: २ श्रावण २०७७ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App