समाज

बैतडीमा मास्क नलगाउने २३ सय जनालाई कारबाही

सार्वजनिक स्थलमा मास्क नलगाइ हिड्नेलाई बैतडी प्रहरीले कारबाही सुरु गरेको छ। मास्क नलगाउनेलाई नियन्त्रणमा लिनुका साथै जरिवाना समेत तिराउने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

असार २२ गतेदेखि हालसम्म २ हजार ३ सय १२ जनालाई कारबाही  गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए। बजार क्षेत्रमा बिना मास्क निस्केका ६९ जनालाई जनही १ सय रुपैयाँ जरिवाना गरिएको छ। यसका साथै ३५ जनालाई मास्क समेत वितरण गरेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएका अधिकांशलाई मास्क अनिवार्य लगाउनु पर्ने विषयमा सम्झाएर छाडिएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए। 

प्रकाशित: ३१ असार २०७७ ०६:३४ बुधबार

कारबाही मास्क नलगाउने