समाज

थुनुवाले गरे आत्महत्या

महानगरीय प्रहरी परिसर ललितपुरको थुनामा रहेका एक थुनुवाले बुधबार बिहान आत्महत्या गरेका छन्।  

सिराहको औराही गाउँपालिका वडा नं. ३ का काटेश्वर बस्ने २४ वर्षिय दुर्गेस यादवले आत्महत्या गरेका हुन्। यादब असार १४ मा ग्वार्कोबाट पक्राउ परेका थिए। उनीमाथी जबरजस्ती करणी उद्योग उजुरी परेको थियो। सोहि आधारमा ललितपुर प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि यादवलाई हिरासतभित्रै क्वारेन्टाइनमा राखिएको परिसरका प्रवक्ता एसपी तुल बहादुर कार्कीले बताए।  

उनका अनुसार थुनुवा यादबले तन्नाको पासो लगाएर बाथरुममा झुण्डिएर आत्महत्या गरेका थिए। बिहान बाथरुममा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। जिल्ला अदालत ललितपुरबाट असार १५ गते म्याद थप गरी यादवमाथि प्रहरीले थप अनुसन्धान गर्दै आएको थियो।

 

प्रकाशित: १७ असार २०७७ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App