समाज

जबरजस्तीकरणी गरी फरार युवक दुई वर्ष पछि पक्राउ

महिलालाई जबरजस्तीकरणी गरी फरार भएका कपिलवस्तुको महाराजगंज नगरपालिका–३ जमुनीमा एक युवक दुई वर्ष पछि पक्राउ परेका छन । घटना पछि फरार रहदै आएका ३६ वर्षीय विपद पासीलाई प्रहरीले बिशेष सुराकीका आधारमा पक्रेको हो ।

अदालतले २०७५ असोज ४ गते पासीलाई सो मुद्दामा २ वर्ष ६ महिना ४ दिन कैदको फैसला समेत गरेको थियो । पक्राउ परेको पासीलाई अदालतमा हाजिर गराईएको थियो । उनलाई शुक्रबार नै कारागार चलान गरिएको प्रहरी उपरीक्षक सुनिल मल्ले बताए ।

प्रकाशित: १२ असार २०७७ १३:०० शुक्रबार

पक्राउ जबरजस्तीकरणी