समाज

आज राति केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना, सतर्कता अपनाउन सुझाव

आज राति देशका केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।  

अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेको र प्रदेशहरू १, २, बागमती, गण्डकी र ५ का थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा तथा यिनै प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

यो पनि पढ्नुहोस्

बुधबारदेखि वर्षा व्यापक हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले भनेको छः वर्षा हुने ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलर पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यस्तै भारी वर्षाका कारण देशका विभिन्न खोलारनदीमा बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले पनि नदी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्

आज यी क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना

प्रकाशित: ११ असार २०७७ १४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App