समाज

भरतपुरमा कसले फाल्यो सालनालसहितको शिशु सडकमा?

प्रतिकात्मक तस्बिर

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत अवस्थामा भेटिएका छन् । 

सालनालसहित बेरिएको अवस्थामा आज (बिहीबार) शिशु भेटिएको मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।  

बाटोछेउमा शिशु भेटिएकाे भन्दै स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । परीक्षणका लागि शिशुको शव भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।  

प्रकाशित: ११ असार २०७७ १०:३५ बिहीबार

भरतपुर शिशु सडकमा