समाज

बलात्कार र यौन दुर्व्यवहारको आरोपमा दुई जना पक्राउ

बलात्कार र यौन दुर्व्यवहार दुई छुट्टाछुट्टै घटनामा दुई जना पक्राउ परेका छन्। कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका दुई घटनामा ती युवालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।

कुश्मा नगरपालिका वडा नम्बर ४ का १९ बर्षिया बिपिन परियारलाई बाल यौन दुरुपयोगको आरोप लागेको छ। परियारले कुश्मा नगरपालिका वडा नम्बर ४ बस्ने एक बालिकालाई बालयौन दुर्व्यवहार गरेको आरोप प्रहरीले लगाएको छ।  

परियारले असार ६ गते बालिकालाई वेलुका ४ बजेको समयमा यौन दुब्र्यवहार गरेको र उसलाई पक्राउ गरी १० दिनको म्याद थप गरेको छ। प्रहरी नियन्त्रणमा रहेको परियारलाई बालयौन दुरुपयोग अपराध शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालय पर्वत म्याद थप गरी अनुसन्धान थालेको प्रहरी निरिक्षक बुद्धि सुवेदीले जानकारी दिए।

त्यसैगरी जलजला गाउँपालिका वडा नम्बर ३ बस्ने रविन जिसीलाई पनि प्रहरीले प्रक्राउ गरेको छ। जिसिलाई एक युवती बलात्कार गरेको आरोप लागेको छ। जिसीले जलजला गाउँपािलका वडा नम्बर ७ धाइरिङकी २२ बर्षिया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ।  

जिसीलाई प्रहरीले असार ५ गते नियन्त्रणमा लिएको हो। गत जेठ १५ गते जिसीले ति युवतीलाई बलात्कार गरेको युवतीले प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवालाई जवजस्ती करणी अपराध शीर्षकमा मुद्धा दर्ता गरिएको प्रहरी सुवेदीले जानकारी दिए। जिसीलाई पनि थप अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको सुबेदीले बताए।

प्रकाशित: ८ असार २०७७ ०५:२२ सोमबार

बलात्कार