समाज

राष्ट्रिय वृक्षारोपण वर्षमा कपिलस्तुमा १२ लाख बिरुवा उत्पादन

बृक्षारोपणको लहर

डिभिजन वन कार्यालय कपिलस्तुबाट फलफुलको बिरुवा लैजाँदै सर्वसाधारण ।

सरकारले चालु आर्थिक वर्षकालागि घोषणा गरेको राष्ट्रि«य बिक्षारोपण वर्षमा कपिलवस्तुमा १२  लाख बिरुवा उत्पादन गरिएको छ । जिल्लाका दुई डिभिजन वन कार्यालयले बृक्षारोपण वर्षलाई सफल पार्न बिभिन्न प्रजातिका बिरुवा उत्पादन गरी बाडने तयारी गरेका हुन्।  

डिभिजन वन कार्यालय कपिलस्तुले ६ लाख ७९ हजार र डिभिजन वन कार्यालयले पाँच लाख बिरुवा उत्पादन गरेको जनाएका छन । संघीय, प्रदेश सरकारको सहयोगमा बिभिन्न कार्यक्रम अन्र्गत सो जिल्लाका बिभिन्न स्थानमा रहेका नर्सरीमा सो बिरुवा उत्पादन गएिको हो । फलफुल, शोभनीय, अमुसो सहीत बिभिन्न प्रजातिका बिरुवाहरू उत्पादन भएका छन । शोभनीय र फलफुलका बिरुवाहरू रौतहटबाट किनेर बाडिएको हो । केही वर्ष यता जिल्लामा बृक्षारोपणको लहर नै चलेको छ । त्यसैमा सरकारले एक ब्यक्ति एक बिरुवाको नारा सहित बिस २०७१ देखि २०८० लाई वन दशक मनाउने घोषणा गरे पछि बृक्षारोपणमा झन तीब्रता आएको छ ।  

त्यससंगै बिरुवाहरूको माग समेत बढदै गएको छ । डिभिजन वन काार्यालय कपिलस्तुममा वन बिभागको सहयोगमा लिची कटहर, निबुवा, आप गरी ५० हजार बिरुवा बाडिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदनमोहन सैन्डील्यले बताए । प्रदेश नम्बर ५ सरकारको सहयोगमा दुई लाख पाँच हजार, वन बिभागबको सहगोगमा चार लाख, शोभनीय बिरुवा २४  हजार उत्पादन गििरएको छ । फलफुल र शोभनीय बिरुवा बाडिसकिएको र अन्य बिरुवाहरू बाडने तयरी गरिएको अधिकृत सैन्डील्यले बताए ।  

केही वर्षयता निजी, सामुदायिक, साझेदारी वनमा बृक्षारोपणकालागि बिरुवाहरूको माग बढको छ । आफुहरूले वन दशकको नारा एक ब्यक्ति एक रुख, एक नगर एक उद्यान, एक गाउ एक वनलाई आधार बनाएर काम गरेकाले बिरुवाको माग अत्यधिक बढेको डिभिजन वन काार्यलय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले बताए । ‘वन दशक चलेकै बेला राष्ट्रिय वृक्षारोपण वर्ष भएकाले पनि यस वर्ष बढी बिरुवा उत्पादन गरेका छौ,’ प्रमुख पौडेलले भने ।  

डिभिजन वन कर्यालयले यस यस पटना, गौरुसिंगे र ब्ढढी गरी २९ हेक्टर अतिक्रमित क्षेत्र खाली गराएको र त्यहा पनि वृक्षारोपण गरिने पौडेलले बताए । उता डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख दुर्गा कार्कीले वृक्षारोपण वर्ष र वन दशकलाई सफल पार्न यस वर्ष पाँच लाखको हाराहारीमा बिरुवा उत्पादन गरेको बताए । साढे चाल लाख बिभिन्न प्रजाकिा बिरुवा, २४ हजार फलफुल तथा २० हजार अमृसोको राईजोम बाडिने उनले बताए ।  

‘वन दशक र बृक्षारोपण वर्षलाई लक्षित गरी यस वर्ष बहत बृक्षारोपण गरेका छौ’, कार्कीले भने, ‘आफनो क्षेत्रमा पर्ने वन क्षेत्रमा हरियाली प्रबद्धृन गर्न वृक्षारोपणलाई तीब्रता दिन्छौ ।’ चालु आथिक वर्ष साढे पाँच हेक्टर अतिक्रमित वन क्षेत्रलाई खाली गराइएको उनले बताए । निजी, साभेदारी, सामुदायिक, कृषि वनलाई प्रोत्साहित गर्न वृक्षारोपणलाई प्रोत्साहन गरिएको उनले बताए । पटना, पकडी पर्सोहिया, चन्द्रौटा पिपरा, जलैया, ठकुरापुरका नर्सरीमा उत्पादित बिरुवाहरू उत्पादन भएका छन् । वृक्षारोपणको लहर चले पछि जिल्ला वन कर्मचारीहरू उत्सहित भएका छन्।  

सुख, दुःखमा र वातावरण संरक्षण र भावी संततीका लागि बृक्षारोपण आवश्यक रहेको डिभिजन वन कपिलवस्तु प्रमुख पौडेले बताए । ‘हामीले जंगल होईन, व्यवस्थित वन बनाउन खोजेका छौ,’ उनले भने । मसला, टकीसिमल, अजैना, डालेघास, खयर, सिसौ, रिसिस, बास लगायतका बिरुवाहरू उत्पादन गरिएका छन् ।

प्रकाशित: ७ असार २०७७ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App