समाज

कर्णालीमा थप नौ जनामा कोरोना संक्रमण

कर्णालीमा मंगलबार थप नौजना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ८६ पुगेको छ ।

मंगलबार प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएका पिसिआर परीक्षणमा दैलेखका पाँच र सुर्खेतका चारजना नयाँ संक्रमित भेटिएका हुन् । जेठ २६ गतेयताकै कम संक्रमित भटिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । जेठ २६ गते १० जनामा कोरोना संक्रमित देखिएका थिए । 

त्यसयता कर्णालीमा संक्रमितको संख्या धेरै थियो । सोमबारमात्रै कर्णालीमा एक सय १० जनामा कोरोना संक्रमित देखिएका थिए ।

प्रकाशित: २ असार २०७७ १०:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App