समाज

जुम्लाका क्वारेन्टिनबाट २४९ घर फिर्ता

कोभिड १९ को सङ्क्रमण रोकथामका लागि जुम्लाका क्वारेन्टिनमा बसेका २४९ जना घर फर्किएका छन्। भारतलगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेन्टिन अवधि पूरा गरी घर फर्किएका हुन।  

पिसिआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका ती व्यक्ति घर फर्किएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए। आठवटा स्थानीय तहमध्ये तिला गाउँपालिका र हिमा गाउँपालिकाका क्वारेन्टाइनमा मात्रै ५०० जनालाई राखिएको थियो। तिला, गुठीचौर, पातारासी र चन्दननाथ नगरपालिकाका क्वारेन्टाइनका व्यक्ति धैरैजसो घर फर्किसकेको जनस्वास्थ्य कार्यलयल जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।

 यहाँका आठवटै स्थानीय तहमा ८०० श्यया क्षमताको क्वारेन्टाइन तयार गरिएको छ। क्वारेन्टाइनमा बसेका २५७ जनाको पिसिआर परीक्षण गरिएकोमा २८ जनाको रिपोर्ट पोजेटिभ आएको कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। हाल जिल्लामा ५२८ जान क्वारेन्टिनमा छन् भने जिल्लाका आठवटै हेल्थ डेस्कमा अहिलेसम्म करीब १२ हजार १२९ जनाले स्वास्थ्य परीक्षण गराएको जनाइएको छ। 

प्रकाशित: २ असार २०७७ ०८:०२ मंगलबार

क्वारेन्टिन