समाज

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत

कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई बढैयाताल गाउँपालिकाले राहत दिने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण रोकथामलाई थप प्रभाकारी बनाउन पालिकाले उक्त निर्णय गरेको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए।

कोरोना भाइरस रोकथाम नियन्त्रण गर्न अग्रपङ्क्तिमा खटिएका जनप्रतिनिधि, पालिकाले खटाएका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक र पालिकाबाट खटाइएका व्यक्तिको संक्रमणका कारण मृत्यु भएमा परिवारलाई राहतस्वरुप २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए।

कोरोना भाइरस संक्रमण भएको व्यक्तिको उपचार पनि पालिकाले नै गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताए। बढैयाताल गाउँपालिका हालसम्म चार कोरोना भाइरस संक्रमित छन्। जिल्लामा ६० कोरोना भाइरस संक्रमित रहेकामा छ जना निको भएर घर फर्किसकेका छन्।  

प्रकाशित: ३० जेष्ठ २०७७ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App