समाज

गर्भवतीमा कोरोना देखिएपछि शिक्षण अस्पताल कोहलपुर शिल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर। तस्बिर:नागरिक

उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना पोजेटिभ देखिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई शिल गरिएको छ। भारतबाट फर्केर अछामको एक क्वारिन्टिनमा बसिरहेकी २५ बर्षिया गर्भवतीको आन्द्रामा समस्या भएपछि सोमबार हेलिकप्टरबाट कोहलपुर ल्याएर उनलाई भर्ना गरिएको थियो।  

उनको स्वाब पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि अस्पताल पुरै शिल गरिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डाक्टर देवेन्द्र आचार्यले जानकारी दिए। ‘अस्पताल पुरै शिल गरिएको छ, इमेरजेन्सी र ओपिडी सेवा पनि बन्द छ,’ उनले भने ‘अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।’ गर्भवतीसँगै अछाममा आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका ब्यक्तिलाई पनि सोही हेलिकप्टरबाट कोहलपुर ल्याइएको थियो।  

उनको भने उपचारका क्रममा सोमबार बेलुकी निधन भएको थियो। मृतकको शव शिक्षण अस्पतालमै राखिएको र उनको पनि स्वाब परिक्षण गर्नुपर्ने अवस्था आएको डा। आचार्यले बताए। कोरोना संक्रमित गर्भवतीको मंगलबार९आज० आन्द्रा अप्रेशन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ। ‘महिलाको आन्द्रा बटारिएको हुँदा अप्रेशन गर्नुपर्ने देखिएको छ, उनको अप्रेशन आज गर्ने तयारी छ,’ आचार्यले भने। 

प्रकाशित: २७ जेष्ठ २०७७ ०६:३३ मंगलबार

नेपालगन्ज मेडिकल कलेज