समाज

१० दिनको लागि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी

जारी लकडाउनका कारण जेठ मसान्तसम्म बन्द रहेका आन्तरिक तथा अन्तराष्ट्रिय तर्फका व्यवसायीक उडान १० दिनको लागि खोल्नेबारे छलफल सुरु भएको छ।  संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकमा १० दिनको लागि अन्तराष्ट्रिय व्यवसायीक उडान खोल्नेबारे कुरा उठेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।  

प्रारम्भीक छलफलको प्रस्ताव कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीयय समितिको निणर्यमार्फत आगामी मन्त्रिपरिषद्को बैठकममा प्रस्ताव पेश हुन सक्ने समेत स्रोतको दाबी छ।

केहि ट्राभल एजेन्सीहरुले टिकट शुल्क बेचेर कमिसन खानकै लागि सस्तोमा नेपालीको उद्वार हुने भनेर मन्त्रालयमा लविङ समेत सुरु गरेका छन्। नेपाली जहाजहरु युरोप, अमेरिका, क्यानडा लगायतका मूलुकमा जान समस्या रहेको जनाउँदै विदेशी जहाजमार्फत नेपाली ल्याउन उक्त प्रस्ताव मन्त्रालयमा आएको समेत स्रोतको दाबी छ।

अन्तराष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ)को नियम अनुसार हाल कतिपय देशमा फ्लाई ओभरको समेत अनुमती नरहेकाले विदेशी जहाज मार्फत नेपाली ल्याउन लबिङ भइरहेको तर ग्लोबल डिस्ट्रिव्यूटेशन सिस्टम(जिडिएस) बन्द रहेकाले उक्त विषयमा निणर्य बाँकि रहेको जनाइएको छ।

हाल कतार,सिंगापुर,भारत,दुबै,कर्टी,चीन लगायतका मूलुकमा व्यवसायीक उडान भर्न सकिने भएपनि मलेसिया, थाइल्यान्ड लगायतका मुलूकले व्यवसायीक उडानको अनुमती दिन नसक्ने स्रोतको अनुमान छ।  

स्वदेशी जहाज भन्दा विदेशी जहाजको यात्रु क्षमता बढी रहेकाले उक्त उडान मार्फत एकै चोटी यात्रु नेपाल ल्यायर एजेन्सीहरुले कमिसन कमाउन खोजेको समेत स्रोतको आरोप छ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भने विदेशी जहाजबाट नेपालीको उद्वार हुनेबारे कुनै निणर्य नभएको बताएका छन्।

सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्वार गर्न स्वदेशी जहाजलाई नै चार्टड गर्ने निणर्य गरेपनि म्यानमार र युएईबाट सम्बन्धित देशका विमानले नेपाली ल्याईसकेका छन्। साथै उद्वारका अन्य उडानहरु कहिले र कसरी गर्नेबारे अझै सरकारमा अन्यौता कायमै रहेको देखिन्छ।  यदि सरकारले विदेशी जहाजमार्फत नेपाली ल्याउन अनुमती दिए देश भित्रका राष्ट्रिय विमान कम्पनीहरुलाई भने कुनै फाइदा नहुने प्रष्ट छ।

आन्तरिकतर्फको भाडा घट्यो

वायुसेवा सञ्चालकहरुको छाता संगठन वायु सेवा सञ्चालक संघले नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै आन्तरिकतर्फका सबै रुटको हवाई भाडा घटाएको छ। सरकारले आगामी आर्थिक बर्षकालागि ल्याएको बजेटमार्फत पूर्वाधर कर १० रुपैयाँ घटाएकाले हवाई भाडा घटाएको संघले जनाएको छ। शनिबार घटाइएको नयाँ भाडा हवाई दूरी अनुसार नेपाली यात्रुको हकमा अधिकतम ११ सय ५० देखि न्युनतम २ सय २५ रुपैयाँसम्म सस्तो भएको छ।

नयाँ समायोजन भएको भाडादरले सबैभन्दा बढी धनगढी–काठमाडौं उडानका यात्रु लाभान्वित देखिएका छन्। शनिबार निर्धारण भएको नयाँ भाडा दर अनुसार धनगढी जाने यात्रुको टिकट शुल्क पहिले तीन हजार नौ सय ७५ रुपैयाँ  रहेकोमा दुई हजार आठ सय ७० रुपैयाँ निर्धारण गरिएको छ। उडान उडान गन्तव्यमा ११ सय ५ रुपैयाँ सस्तो भएको हो।

संघका अनुसार पहिले काठमाडौं–माउन्टेन फ्लाईटको तीन हजार ९० रुपैयाँ रहेकोमा आठ सय ६० रुपैयाँ घटाइएको छ। त्यस्तै काठमाडौंबाट भद्रपुरका लागि सात सय,विराटनगर ६ सय, जनकपुर तीन सय, भरतपुर दुई सय ७०, पोखरा तीन सय ९५, भैरहवा पाँच सय १५, नेपालगञ्ज आठ सय १५ र सबै भन्दा कम काठमाडौं–सिमरा रुटमा दुई सय २५ रुपैयाँ टिकटको मूल्य घटाइएको हो। त्यस्तै अन्तर प्रेदश अन्र्तगतका हवाई रुटको समेत भाडादर घटाइएको छ।

नेपाल उडड्यन प्राधिकरणले आन्तरिक उडानमा रहेको प्रतिबन्ध खुलेदेखि चरणबद्व रुपमा आन्तरिक उडान खोल्ने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा पेश गरेपनि मन्त्रिपरिषद्ले भने कुनै निणर्य गरेको छैन्।

चाटर्ड उडानमा रोक

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ। प्राधिकरणले लकडाउनको मौका छोपेर आफूखुशी चार्टर उडानको बढी भाडा लिएको जनाउँदै राजदूतावास (कूटनीतिक) आग्रहबाहेकका सबै चार्टर उडानमा रोक लगाउन निर्देशन दिएको हो। पछिल्लो समय एयरलाइन्स कम्पनी तथा ट्राभल्स एजेन्सीले चार्टर उडानको नाममा बढी भाडा लिने गरेपछि उक्त निर्देशन जारी गरेको प्राधिकरणले जनाएको छ। नेपालबाट बाहिर जानेसँग ट्राभल एजेन्सीले मनलाग्दी भाडा तोकेर चार्टर गर्ने गरेको गुनासोको आधारमा उक्त निणर्य सार्वजनिक गरिएको हो।

 

 

 

प्रकाशित: २६ जेष्ठ २०७७ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App