समाज

पूर्वमन्त्री ढकालद्वारा गोरखामा १ सय परिवारलाई खाद्यान्न सहयोग

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले आफ्नो जन्मथलो गोरखा जिल्ला, भिमसेनथापा गाउँपालिका, वडा नम्बर ८ का निम्नआय भयका १०० घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन्।  

अध्यक्ष ढकालले आफ्नो नीजि पहलमा उपलब्ध गराएको सहयोग परिवार दलका स्थानीय प्रतिनिधिहरु ऋषि भट्ट, हर्क बहादुर केसी, राजन ढकाल लगायतले स्थानीयबासीको घरघरमा वितरण गरेका थिए।  महामारीको बेला जन्मथलोका कोहिपनि बासिन्दाहरु भोकै बस्न नपरोस भनेर सहयोग उपलब्ध गरायको पूर्वमन्त्री ढकालले बताए। नेता ढकालकै पहलमा नेपाल परिवार दलले देशको ३५ जिल्लामा राहत वितरण गरेको थियो भने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीको लागि पन्ध्र हजार भन्दा बढी मास्क पनि वितरण गरिसकेको छ।  

 

प्रकाशित: २३ जेष्ठ २०७७ १७:०२ शुक्रबार

कोभिड १९