समाज

डडेल्धुराको क्वारेन्टिनमा महिलाको मृत्यु

डडेल्धुराको क्वरेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया सबिता बिककोे मृत्यु भएको हो।

 मंगलबार राति शौचालय जाँदा बेहोस भएकी ती महिलाको लगत्तै मृत्यु भएको वडाध्यक्ष ईन्द्रबहादुर कार्कीले बताए। कुनै लक्षण देखिएन् शौचालय जाँदा मुखबाट रगत मात्र फालेको उनले बताए। ‘हिजो गाउँपालिकाका अध्यक्षसहितको टोली क्वारेन्टिनको अनुगमनमा आएका थियौं,’ कुनै बिरामी थिएनन् राती अचानक उनको मृत्यु भएको खबर आयो।’

चार दिनअघि भारतबाट आएकी महिला श्रीमान्, ढाई वर्षका छोरा र ६ महिनाको छोरीसहित गन्यापधुरा गाउँपालिका–१ ले निमार्ण गरेको असिग्राम आधारभूत विद्यालय, रौनाकोटको क्वारेन्टिनमा बसिरहेकी थिइन्। सो क्वारेन्टिनमा भारतबाट आएका ४३ जना बस्दै आएका छन्। कुनै बिरामी थिइनन्  उनका श्रीमान् पुर्ण बिकका अनुसार अहिलेसम्म कुनै औषधिसमेत सेवन नगरेको जानकारी दिए। अहिले स्वास्थ्यकर्मीको टोलीले मृतकको स्वाब संकलन गरिरहेको अध्यक्ष कार्कीले जानकारी दिए।

प्रकाशित: २१ जेष्ठ २०७७ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App