समाज

प्रदेश २ मा ७० जना संक्रमित थपिए

प्रदेश २ मा सोमबार ७०  जना संक्रमित पुष्टि भएकोछ । यससंगै यस प्रदेशमा संक्रमितको संख्या ६८४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टमा सिराहाको सुर्यनारायाण सत्यनारायण मरवैता यादव क्याम्पस क्वारेन्टिनका ५ जना पुरुषमा संक्रमण पुष्टि भएका छ्न् । धनुषाको धनौजीस्थित शंकर माबि क्वारेन्टिनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपाकिलाका २ पुरुषहरुमा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी महोत्तरी लोहरपट्टी नगरपालिका क्वारेन्टिनका २ जना पुरुषहरु, सर्लाहीको जनता माबि अगरवा क्वारेन्टिनमा ३२ जना, कविलासी नगरपालिका ४ जना र हरिपुर नगरपालिका २ जनामा संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्टमा रौतहट जिल्लाका पौराहा नगरपालिका १४ जना र यमुनामाई गाँउपालिका क्वारेन्टिनमा ४ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित: १९ जेष्ठ २०७७ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App