समाज

ताप्लेजुङमा २१ जना क्वारेन्टिनमा

ताप्लेजुङका सोमवार सम्ममा २१ जना क्वारेन्टिनमा रहेको पाइएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले यहाँका क्वारेन्टिनमा २१ जना रहेको बताएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार मेरिङ्देन गाउँपालिकाको क्वारेन्टिनमा १०, सिदिङ्वामा ६, मैवाखोलामा ३ र पाथीभरा याङ्वरक गाउँपालिकामा २ गरी २१ जना क्वारेन्टिनमा रहेका छन् ।  

प्रजिअ निरौलाका अनुसार मेरिङ्देन गाउँपालिकामा भारतको सिक्कीमबाट फर्किएका १० जना तथा अन्य गाउँपालिकाको क्वारेन्टिनमा कोरोना प्रभावित जिल्लाबाट फर्किएका यहाँका बासिन्दा रहेका छन् । उनीहरुलाई केहिदि क्वारेन्टिनमा राखी सुरुमा र्‍यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) र त्यसमा केहि समस्या दखिए पीसीआर परीक्षण गरी प्राप्त नतिजाको आधारमा क्वारेन्टिनबाट होम क्वारेन्टिनमा बस्ने गरी पठाईने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले तयारी गरेको छ ।  

 

 

 

प्रकाशित: १९ जेष्ठ २०७७ १०:३२ सोमबार

क्वारेन्टिन कोरोना