समाज

बाँकेमा गाडी दुर्घटनाः मृतकको संख्या १२ पुग्यो, थप चारको अवस्था गम्भीर (अपडेट)

२१ जना घाइतेको भेरी अञ्चल अस्पतालमा उपचार हुँदै

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको गाडी दुर्घटना थप एक जनाको मृत्यु भएको छ। यो सँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।  

भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो।  

११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए । बाँकी २१ जनाको भेरी अस्पतालमा उपचार भैरहेको छ । अझै ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०७७ ०३:०४ सोमबार

दुर्घटना फोर्स गाडी