समाज

रक्सोल नाकाका अलपत्र नेपालीलाई स्वदेश भित्र्याउने

लकडाउन सुरु भएदेखी रक्सोल नाकामा सिमापारी आएर रोकिन सुरु भएका नेपालीहरूलाई बुधवार वीरगन्ज भएर स्वदेश भित्र्याउन लागिएको छ । लामो समयदेखि सीमावर्ती भारतीय शहर रक्सौलको क्वारेन्टिनमा रहेका नेपाली स्वदेश फर्किन लागेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कार्यालयका अनुसार बुधबार बिहान एक सय एक जना नेपाल भित्रिएका छन्। साबिकको मुख्य नाका भएर उनीहरूको विवरण लिएर अनि स्वास्थ्यकर्मीले तापक्रम जाँच गरेर सुरक्षाकर्मीले उच्च सतर्कतासाथ भित्रिन दिएका छन्। शंकराचार्य द्वारनजिकै निशुल्क खाने पानी, बिस्कुट र मास्क प्रदान गर्ने व्यवस्था गरिएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भारतीय अधिकारीहरूसंग समन्वय गरेर नेपालीहरूलाई भित्र्याउन थालिएको बताए । जिल्ला प्रशासन कार्यालय पर्सालाई प्रापत् विवरण अनुसार भारतका विभिन्न राज्यका शरहरूमा रोजगारी, तीर्थाटन र अध्ययनका लागिगएका २५ जिल्लाका करिब साढे तीन सयदेखी चार सय नेपाली रक्सोलमा आएका उनीहरूलाई स्वदेश प्रवेश गर्न दिइएको हो ।

रक्सौलका बिभिन्न क्वारेन्टिनमा र रेल्वे स्टेशनमा उनीहरू बस्दै आएका थिए । यसअघि वीरगन्जमा रोकिएका दुई सय १५ भारतीय नागरिकलाई जेठ ६ गतेका दिन भारतीय अधिकारीको जिम्मा लगाइएको थियो । त्यसको अर्को दिन रक्सौलको क्वारेन्टिनमा रहेका दुई सय १५ नेपालीलाई स्वदेश ल्याउने तय रहे पनि उनीहरूलाई भित्र्याउन सकिएको थिएन्।

प्रकाशित: १४ जेष्ठ २०७७ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App