समाज

सुनसरीमा तीन जनामा कोरोना संक्रमण

सुनसरीमा तीन जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । सोमबार र मंगलबार सार्वजनिक भएको नजिता अनुसार इटहरीका एक जना १८ वर्षे युवक, गढी गाउँपालिका वडा नं. १ का २८ वर्षे र एक जना सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको हो ।  

कोरोना पोजेटिभ देखिनेमा इटहरी वडा नं. २ का युवक हुन् । उनी धरानको एक निजी माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने छात्र हुन् । उनी पढ्दा होस्टेल बस्ने गर्थे । उनको घर पहाड र इटहरीमा दुवै ठाउँ भएकाले गर्दा स्कुल विदा हुँदा घर आउँथे, लागेको बेला होस्टेल जान्थे । जब कोरोना सक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले पहिलो चरणको लकडाउन घोषणा गर्नुभन्दा केही दिन अघि नै उनी घर आएका थिए ।

घरमा उनी एक्लै बस्ने गरेका थिए । भारतीय सेनामा भर्ति हुन निम्ति उनी बिहान ४ बजे नै उठेर रनिङ् गर्ने गरेको र विहान र दिउँसो साथीहरुसँग घर नजिकै ब्याटमिन्टन खेल्ने गर्थे । रनिङ् गर्दा उनको घर भएको स्थान सुन्दरदेवी चोकदेखि महेन्द्र मावि छेउको खोलासम्म गर्ने गर्थे । कोरोना संक्रमित युवकको घरदेखि दुई घर माथितिर मामा घर भएकाले गर्दा आउँजाउँ गरि रहन्थे ।  

जब उनलाई छाती दुखेर समस्या देखियो अनि वडा नं. २ स्थित वरगाछीमा रहेको स्वास्थ्य केन्द्रमा छ दिनअघि उपचार गर्न गएका थिए । त्यहाँ जादा स्वास्थ्यकर्मीको टोलीले ग्याष्ट्रिकको लक्ष्यण देखिएको भनेर त्यही अनुसारको औषधि दिएका थिए । फेरि पनि उनलाई सञ्चो भएन, दोस्रो पटक पनि प्रेसर पनि नाप्न गएका थिए । स्वास्थ्यकर्मीको टोलीले प्रेसर नापेर पठाएका थिए ।  

तेस्रो पटक सोमबार बिहान फलोअपका लागि त्यही स्वास्थ्य केन्द्रमा गएपछि भने इटहरी अस्पताल रिफर गरिएको स्वास्थ्यकर्मीले नागरिकसँग बताए । इटहरी अस्पताल रिफर गर्ने स्वास्थ्यकर्मीका अनुसार, युवकले बरगाछीको स्वास्थ्य केन्द्रमा उपचार गर्न जानु पूर्व आपगाछीको एक क्लिनिकमा पनि देखाएका थिए । बरगाछीको एउटै स्वास्थ्य केन्द्रमा फरक फरक दिन उनीको स्वास्थ्य तीन जना स्वास्थ्यकर्मीले चेकजाँच गरेको र ती स्वास्थ्यकर्मी आफ्ना साथीसँँग सम्पर्कमा रहेकाले गर्दा नौ जनाको मंगलबार स्वाब संकलन गरिएको छ । युवक बिरामी भएपछि भने मामा घरका परिवारका सदस्यले हेरचाह गरेका थिए ।

युवकमा कोरोना पोजेटिभ देखिएछि इटहरी वडा नं. २ र सँगै जोडिएको वडा नं. ३ सिल गर्ने निर्णय गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले दुईवटा वडा जेठ ११ गतेसम्मका लागि सिल गर्ने निर्णय गरेको हो । वडा सिल गरेर संक्रमित युवक, युवकको घर भएको ठाउँका आसपासका बासीन्दा र सम्पर्कमा आएका ब्यक्तिहरुको खोजी सुरु गरिएको छ । वैठकले इटहरी उपमहानगरभित्रका औषधि पसल वाहेकका सवै पसल र आवत जावत वन्द गर्ने निर्णय गरेको छ । घरैमा वसेर लकडाउनको पूर्ण पालना गरि कोरोना नियन्त्रणको अभियानमा सहयोग पुर्‍याउन नगरवासीमा उपमहानगरले आग्रह गरेको छ ।  

कोरोना संक्रमित गढी गाउँपालिका वडा नं. १ मधेलीका २८ वर्षे युवा बैशाख ३० गते भारतबाट नेपाल आएका हुन् । संक्रमित युवासँगै मधेली वडा १ कै अन्य चार जना, धरान, इनरुवा वडा नं. ७ को चाँदवेला र मोरङ पथरीका एक–एक जना गरि आठ जना भारतबाट आएका थिए । गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव आफै गाउँपालिकाकाका पाँच जनालाई ल्याउनै पर्ने भएर एम्बुलेन्स लिएर जोगवनी गए । त्यहाँ समय लाग्ने भएपछि उनी प्रक्रिया पुर्‍याएर फर्किए । पछि आठ जना एम्बुलेन्समा आएपछि अन्यत्रतिरका तीन जना आ आफ्नो घर गए । पाँच जनालाई गढी गाउँपालिकाकै गढी निमावि भमरीको क्वारेन्टाइनमा राखियो । पाँचै जनाको स्वाब परीक्षण गर्दा सोमबार एक जनामा कोरोना पेजेटिभ नजिता आएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।

संक्रमित युवाको घर भएको गढी वडा नं. १ मंगलबार बिहानैदेखि सिल गरी सुरक्षा व्यबस्था कडा पारिएको छ । यो वडा इटहरी उपमहानगरपालिका वडा नं. १२ संग सीमा जोडिएको वडा हो ।  

कोरोना संक्रमित अर्का व्यक्ति सशस्त्र प्रहरी हुन् । उनी कोशी गाउँपालिका क्षेत्रको कोशी टप्पु क्षेत्रमा कार्यरत छन् । उनी कोशी टप्पु क्षेत्रको पश्चिम कुसाहामा खटिएका पाँच महिना पुग्यो । पश्चिम कुसहामा कार्यरत एक जना सशस्त्र प्रहरीलाई ज्वरो आएर अहिलेको महामारीको समयमा तत्काल चेक गराउँन सुल्झाउँदै लिएर गएको बेला आफ्नो पनि स्वाब परीक्षण गराउने सोच जागेपछि रिजल्ट नेगेटिभ आएको हो ।  

सशस्त्र प्रहरीको सीमा सुरक्षा बल सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले भने, ‘अर्का साथीको चेक गर्न गएको बेला उनले पनि गराउदा कोरोना पोजेटिभ रिजल्टट आएको हो ।’ ज्वरो आएर चेक गराउन लगिएको प्रहरी जवानको पनि रिजल्ट नेगेटिभ आएको छ । कोशी टप्पुभित्र पश्चिम कुसाहा ब्यारेजमा कार्यरत प्रहरीको बाहिरी गतिविधी कमै हुने गर्छ  । बढी मात्रमा आरक्षको सुरक्षार्थ खटिने दायित्व पर्छ । 

प्रकाशित: ६ जेष्ठ २०७७ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App