समाज

सवारी पास लिन कर चुक्ताको प्रमाणपत्र अनिवार्य

कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले यस अघि गर्दै आएको लकडाउन थप कडा गरेको छ। दिनप्रतिदिन कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएकाले सरकारले यस अघि जारी गरेका सवारी साधनका पास रद्द गर्दै आईतबारदेखि नयाँ पास वितरण गर्दै आएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

यस अघि जारी गरेका पासको दूरुपयोग भएको भन्ने समाचार आएपछि सरकारले नयाँ पास लिन कर चुक्ताको प्रमाणपत्र, व्यापारिक संस्थानले सम्वन्धित नियामक निकायको सिफारिस पत्र पेश गर्नूपर्ने प्रावधान लागु भएको हो।  

सरकारले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न अनुमती दिएसँगै सडकमा ठूलो संख्यामा सवारी साधन चल्न थाले पछि पुराना पास रद्द गर्नै निर्णय गरेको थियो।  

काठमाडौं जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार अब उद्योगी व्यवसायीले सवारी पास लिन कर चुक्ता गरेको प्रमाणपत्र अनिवार्य रुपमा बुझाउनु पर्नै वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए।  

सरकारले गरेको निर्णय अनुसार सवारी साधनको पास लिन लकडाउन हुनु भन्दा अघिको कर चुक्ता गरेको प्रमाणपत्र अनिवार्य गरेको उनले बताए।  

त्यसैगरी, नयाँ व्यवस्था अनुसार अब उद्योगी, व्यवसायीले सवारी पास लिन जरीवाना तिर्न बाँकी भए तिरेको प्रमाण पत्र पेश पनि गर्नू पर्नेछ।  

तर, एम्वुलेन्स, औद्योगिक कच्चा पदार्थ, तयारी बस्तु, दुग्ध जन्य तथा पशु, चारा, पेट्रोलियम पदार्थ, उत्पादन तथा वितरण, फलफुल, तरकारी लगायतका सामग्री ओसार पसार गर्नै सवारी साधनले नयाँ पास लिनु नपर्नै उनले बताए।  

डकलाउनको अवधीमा सञ्चालन भएका व्यापारिक संघ संस्थामा कार्यरत कर्मचारीलाई अनिवार्य, मास्क, पञ्जा, सेनिटाइजर प्रयोग गर्न र सामाजिक दुरी कायम राखि कामगर्न विभागले अनुरोध गरेको छ।  

बैंक तथा वित्तीय संस्थावाट कर्जा लिन अनिवार्य रुपमा कर चुक्ता गरेको प्रमाणपत्र पेश गर्नू पर्ने व्यवस्था रहेको बताउँदै एक जना व्यवसायीले सरकारले गरेको उक्त निर्णय व्यवसायीको हितमा नभएको बताए।  

'उद्योगीले कर चुक्ता गरेको प्रमाणपत्र पेश गरेपछि मात्र सरकाले पास उपलब्ध गराउने निर्णय त गर्योो तर, म लगायत धेरै जनाको कर चुक्ताको प्रमाणपत्र अफिसमा रहेको छ', उनले भने।  

घर बाहिर निस्कन पास अनिवार्य गरेपछि अफिसमा भएको पास लिन पनि जान नसक्ने अवस्था छ। सरकारले उद्योगीहरुका लागि केही हदसम्म लकडाउन खुकुलो पार्नूपर्नै उनले सुझाए।  

 

 

प्रकाशित: ५ जेष्ठ २०७७ ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App