समाज

कोरोनाबाट मृत्यु भएकी महिलाको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि

काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा बिहीबार कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको अन्तिम संस्कार गरिएको छ। उनको अन्तिम संस्कार पशुपती आर्यघाट स्थित विद्युतीय शवदाह गृहमा भएको हो। शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली धुलिखेल गएको थियो।

उनको  शवलाई कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि,२०७६ अनुसार सुरक्षित रुपले दाहसंस्कार गरिएको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल पुगेको थियो।  शव बोक्न कुनै पनि शवबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाएको काभ्रे प्रहरीले जानकारी दिएको राससले जनाएको छ।  

मृतकका एक जना आफन्त र रेस्क्यू टोलीले राती ९:१५ बजे अन्तिम संस्कार गरेका थिए। सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षिया सुत्केरीको धुलिखेल अस्पतालमा निधन भएको थियो। उनी वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएपछि २५ गते घर फर्किएकी थिइन्। एक हप्तापछि स्वास्थ्य समस्या आएपछि उपचारको लागि अस्पताल ल्याइएको थियो।

 

प्रकाशित: ३ जेष्ठ २०७७ १६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App