समाज

सिरहाका संक्रमित मलेसियाबाट फर्केका

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ माैवाहीका ३० वर्षीय पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केका थिए । पाँचदिन अघि उनकाे स्वाब स‌कलन गरिएकाे गाउँपालिका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको बुलिटिनमा सिरहा सखुवा–१९ का ३० वर्षीय पुरुष भनिएको छ । जसले यहाँका जनप्रतिनिधिदेखि प्रहरी सबैलाई अलमलाएको छ । यो गाउँपालिकामा सखुवा १९ छैन्। यो गाउँपालिकामा जम्मा ५ वटा वडा छ । साविका गाउँविकास समितीमा पनि १९ वटा वडा थिएन अध्यक्ष यादवले भने,‘ठेगानाले हामीलाई अन्यौलमा पारिदिएको छ ।

बुझ्दै जाँदा सखुवानन्कारकट्टी गाउँपालिका–१ माैवाहीका भएको खुलेको छ । ’सिरहामा कोरोना पुष्टि भएको यो पहिलो केस हो । यससँगै पर्साको वीरगञ्ज १२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर ४ निवासी १८ वर्षीय महिलामा समेत संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।

प्रकाशित: ३ जेष्ठ २०७७ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App