समाज

रुपन्देही र बाँकेमा ४ सय आइसोलेसन बेड थपिने

प्रदेश ५

बुटवल– कोभिड-१९ का  बिरामीको संख्या थपिदै गएपछि प्रदेश सरकारले आइसोलेसन अस्पतालको क्षमता बढाउने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले बुटवल, भैरहाव र बाँकेमा थप ४ सय बेड क्षमता बिस्तार गर्ने निर्णय गरेको हो ।  

बुटवलको कोरोना अस्पालमा २ सय बेड र भैरहवाको भिम अस्पतालमा १ सय बेड थप गर्ने बैठकले निर्णय गरेको छ । बाँकेमा नेपाल प्रहरीको डेण्टल अस्पताल र नेपाल आर्मीको अस्पताललाई कोरोना उपचारका लागि आइसोलेसन बनाउने निर्णय गरीएको छ । यसअघि नै सरकारले नेपाल प्रहरी र आर्मीको अस्पताललाई आइसोलेसन अस्पताल बनाउने भनेको थियो ।

तर त्यहाँ रहेका बिरामीलाई अन्यत्र सार्नु पर्ने भएकाले ढिलाइ भएपनि अब भने तत्कालै ती अस्पतालमा १ सय बेड क्षमताको आइसोलेसन तयार गर्ने भनिएको छ । बुटवल, भैरहवा र नेपालगञ्का अस्पतलामा बेड खाली नभएकाले अस्पताल बाहिर रहेका संक्रमितलाई तत्काल दाङको बेलझुण्डिमा रहेको आइसोलेसन अस्पतालमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।  

त्यस्तै कपिलबस्तुको तौलीहवास्थित कपिलबस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गरी त्यसको उपचार तथा व्यवस्थापनको जिम्मा तौलीहवा जिल्ला अस्पताललाई दिने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ । त्यस्तै रुपन्देही, कपिलबस्तु  र नवलपरासीका क्वारेन्टाइनहरुलाई व्यवस्थित बनाउन निर्देशिका तयार गरी कार्यान्वनयन गर्ने निर्णय पनि बैठकले गरेको छ ।  

विष्फोटमा ज्यान गुमाएका रोल्पाका बालबालिकालाई १ लाख राहत 
रोल्पामा बम विष्फोटमा परेर ज्यान गुमाएका बालबालिकाको परिवारलाई १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ । बम विष्फोटमा मारीएका ४ बालबालिकाको  परिवारलाई एक लाखका दरले राहत दिने निर्णय भएको मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए । मन्त्रीपषिदले जेठ ९ गतेका लागि प्रदेश सभा बैठक आब्हान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित: २ जेष्ठ २०७७ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App