समाज

ओली, दाहाल र गौतमको फोटो बिगारेर फेसबुकमा राख्ने पक्राउ

सिन्धुली- विद्युतीय अपराध गरेको आरोपमा सिन्धुलीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यहाँको तीनपाटन गाउँपालिका १ बेलघारी बस्ने २१ वर्षिय मधु भनिने तोरणराज पौडेललाई विद्युतीय कारोबार कसुर अन्र्तगत प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।  

पक्राउ परेका पौडेलले सामाजिक सञ्जाल फेसबुकमा राजनीतिक दलका नेताहरुको फोटोको कार्टुन बनाइ राखेको आरोप लागेको छ । महानगरीय प्रहरी बिट दरबारमार्ग काठमाडौले पौडेलविरुद्ध विद्युतीय कारोबार कसुर अन्तर्गत काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले वैशाख २८ गते पौडेलको नाममा पक्राउ पुर्जी जारी गरेकाले जिल्ला प्रहरी कार्यालयको टोलीले पौडेललाई पक्राउ गरि काठमाडौ पठाइएको डिएसी खत्रीले जानकारी दिए ।  

विद्युतीय कारोबारमा मुद्दा चलाइएका पौडेललाई समाएर पठाइ दिनु भनेकोले पक्राउ गरी काठमाडौ पठाइएको हो, उनले भने, पौडेलले फेसबुकमा उच्च पदस्थका नेताहरुको फोटो विगारेर पोष्ट गरेको आरोप छ । पक्राउ परेका पौडेललाई प्रधानमन्त्री, केपी ओली नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमको कार्टुन फोटो बनाइ सामाजिक सञ्जाल फेसबुकमा राखेको अभियोग लागेको स्थानीयले बताएका छन् । 

प्रकाशित: १ जेष्ठ २०७७ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App