समाज

उपत्यकाका प्रजिअ भक्तपुरमा

 भक्तपुर- काठमाडौ उपत्यकामा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायबीच बुधबार भक्तपुरको खरिपाटीमा वैठक बसेको छ । उपत्यकामा एकैदिन तीन जना व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा निकायहरुले जिल्लाको खरिपाटीस्थित सरकारी क्वारेन्टाइनको निरीक्षण गर्नुका साथै जिल्ला संकट व्यवस्थापन सेन्टर (सीएमसी) हरुको संयुक्त बैठक बसेको छ ।  

मंगलबार एकै दिन ८३ जनामा कोरोना भाइरसको संक्रमण फैलिएसँगै बिहीबारदेखि गृह मन्त्रालयले लकडाउनलाई कडाइ गर्ने निर्णय गरिसकेको छ । यसको कार्यान्वयनको पूर्व सन्ध्यामा सीएमसीको बैठकले उपत्यकामा कोरोना भाइरस रोकथाम र उपचार तथा प्रतिकार्यका लागि सहकार्य, समन्वय र अनुभव आदानप्रदान एवं सूचना सम्प्रेषन तथा प्रतिकार्यका लागि संयुक्त प्रयास गर्ने र सेवामा एकरुपता ल्याउने तयारी गरेको जनाइएको छ । 

प्रकाशित: ३१ वैशाख २०७७ १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App